वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाले पनि थप धरौटी जम्मा गर्नुपर्ने

 भदौ २२, २०७६ आइतबार १९:३१:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत स्वास्थ्य संस्थाले थप धरौटी रकम जम्मा गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार नियमावलीको पाँचौं संश‍‍ोधन अनुसार कात्तिक मसान्तभित्र नपुग धरौटी रकमवापत दुई लाख रुपैयाँ जम्मा गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

तोकिएकै समयभित्र अनिवार्य रुपमा नपुग धरौटी जम्मा गरी त्यसको भौचर वैदेशिक रोजगार विभागमा बुझाइ प्राप्त रसिद मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखामा बुझाउनुपर्नेछ । तोकिएको समयमा रकम जम्मा नगरे कारबाही हुने मन्त्रालयले जनाएको छ ।

नेपाल राष्ट्र बैंक, बालुवाटारमा कोष तथा लोखा नियन्त्रक कार्यालयको नाममा रहेको धरौटी खाता नम्बर १२०१२००००१००२५२४ मा धरौटी वापतको दुई लाख रकम जम्मा गर्न मन्त्रालयले अनुरोध गरेको छ । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया