पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी - रोजगारीकाे सिलसिलामा भारतको बेंगलोरमा रहेका एक नेपाली युवककोे पानीको ट्याङ्कीमा खसेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी नगरपालिका घर भएर हाल कञ्चनपुरको झलारी पिपलाडी बस्दै आएका २४ वर्षीय भरत जोशी रहेका जनाइएकाे छ ।
शनिबार राति काम सकेर कोठातिर जाने क्रममा पानी ट्याङ्कीमा खसेर जोशीकोे मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज, भारत कर्नाटक राज्यसमितिका संस्थागत अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो ।
मृतक जोशी एक महिना अगाडि मात्रै रोजगारीका लागि भारतको बेंगलोर गएका थिए । जाेशीको शव परीक्षणपछि भारतमै दाहसंस्कार गरिसकिएको सुदूरपश्चिमेली नेपाली समाजका संस्थागत अध्यक्ष कपाडीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।