मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 भदौ ३१, २०७६ मंगलबार १०:२८:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार सबै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६२ पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको थियो । 

आज मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ६९ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको थियो । 

रिंगिट १ को खरिददर २७ रुपैयाँ ४४ पैसा बिक्रीदर २७ रुपैयाँ ५८ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको थियो ।

दिनार १ को खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८२ पैसा पुगेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६८ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ६२ पैसा पुगेको छ । हिजो खरिददर ३०० रुपैयाँ ११ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७० पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया