ललितपुरका मेयर महर्जन अमेरिका भ्रमणमा
चैत ६, २०८० मंगलबार
काभ्रे - माैसम खराबीका कारण काभ्रेकाे पाँचखालमा आकस्मिक अवतरण गराइएकाे ७ वटा हेलिकप्टरमा रहेका यात्रुलाई स्थानीयले खाना खुवाएका छन् ।
लुक्लाबाट काठमाण्डाै आएकाे मनाङ, सिम्रिक र कैलाश एअरको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक रुपमा काभ्रेकाे पाँचखालस्थित धानबारीमा अवतरण गर्नु परेकाे थियाे ।
धानबारीमा अवतरण गर्नु पर्दा अलपत्र परेका यात्रुहरुलाई पाँचखाल नगरपालिका-२ तिनकुनेका महेश आचार्य र हर्सेका साधुराम सापकोटाले खानकाे व्यवस्था गरेकाे वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।
मौसममा अझै सुधार नआएकाले हेलिकप्टर अझै उड्न सकेकाे छैन । सिम्रिक एअरको हेलिकप्टर उडाउन खोजे पनी नसकेपछि फेरि पाँचखालकै ढुङ्गानाबेसीमा अवतरण भएकाे छ ।
मौसम सुधार नभए नगरपालिकाले गाडीको व्यवस्था गरी पर्यटकलाई काठमाण्डाै पठाउने तयारी भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ आउँदै गरेको ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण |
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।