संखुवासभामा खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो

 असोज १, २०७६ बुधबार १३:४७:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - मकालु गाउँपालिकामा पर्ने पोखुवा खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव बुधबार भेटिएको छ ।

मकालु गाउँपालिका–६, घर भएकी २६ वर्षीया शुकमायाँ राईको शव बुधबार त्यसै स्थानका पोखुवा दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

गएको सोमबार साँझ ४ जना साथीहरुसहित आफन्तको घर गएर फर्कने क्रममा खोला तर्दा बाढीले शुकमायाँलाई बगाएको थियो । शुकमायाँ सिलिचोङ गाउँपालिका–५ र मकालु गाउँपालिका–६ को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको र दुई दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभा जनाएको छ ।


 

अन्तिम अपडेट: चैत ४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया