वैदेशिक रोजगारी ठगी मुद्दामा फरार बिमला दुई वर्षपछि पक्राउ

 असोज ६, २०७६ सोमबार १८:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारी ठगी मुद्दामा फरार बिमला थापालाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका–१० की ४६ वर्षीया  थापालाई प्रहरीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो ।

२०७४ असार २६ गते वैदेशिक रोजगार न्यायाधिकरणले बिमलामाथि १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलालगत्तै फरार रहेकी थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

थापालाई जिल्ला अदालतमार्फत केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया