आज काठमाण्डौको दरबारमार्गमा एमालेको प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत – औद्योगिक क्षेत्र स्थापनाका लागि सुर्खेतमा सम्भाव्यता अध्ययन थालिएको छ । कर्णाली प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकामा सम्भाव्यता अध्ययन थालिएको हो ।
औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा अध्ययन सुरु गरिएको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्क खत्री, नगरप्रमुख भुपेन्द्रबहादुर चन्द र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतलगायतको टोलीले स्थलगत रुपमा अध्ययन समेत गरेका छन् । उनीहरुले भेरीगंगा नगरपालिकाको वडा नं. ६,९,१० र ११ को बीच भागमा रहेको क्षेत्रको स्थलगत अध्ययन गरेका हुन् ।
औद्योगिक क्षेत्र स्थापनाका लागि एक हजार बिगाह जग्गा चाहिने भएकाले लेकवेशी नगरपालिकाको साटाखानीमा जग्गा अपुग भएपछि भेरीगंगा नगरपालिकामा अध्ययन सुरु गरिएको हो । औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकाले सामुदायिक वन, सार्वजनिक स्थल तथा वडा कार्यालयहरुबाट आवश्यक प्रक्रिया थाल्ने निर्णय गरेको नगरप्रमुख चन्दले जानकारी दिनुभयो ।
सम्भाव्यता अध्ययनका लागि संघीय सरकारबाट ४० लाख बजेट विनियोजन भईसकेको छ । जसमध्ये विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकनको कार्यको थालनी गरिने महाप्रबन्धक बस्नेतले जानकारी दिनुभयो । उहाँले औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त स्थान हेर्न सक्ने गरी प्रक्रिया अघि बढेको लिमिटे उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।