उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ – बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा ५ जना स्थानीयसहित २ जना प्रहरी घाइते भएका छन् ।
नगरपालिकाको भवन निर्माणको विवादमा झडप हुँदा प्रहरी निरीक्षक जनक धामी र प्रहरी सहायक निरीक्षक गंगा बोहरासहित पाँच जना घाइते भएका हुन् । यस्तै स्थानीय बुंगल नगरपालिकाका दीपकराज जोशी, सुरेश भण्डारी, विष्णु कुँवर, वडा नम्बर ५ का निर्वाचित सदस्य केशव नाथ, र धनराज जोशी झडपमा घाइते भएको स्थानीय जयबहादुर कुँवरले बताउनुभयो ।
नगरपालिकाको परिषद्ले वडा नम्बर ५ मा नगरपालिकाको भवन बनाउने भन्ने निर्णय सर्वसम्मत गरे पनि यहाँका स्थानीयहरुले अहिलेको वडा नम्बर ४ को विजगडामा नै भवन हुनुपर्ने भन्दै नारा जुलुुसहित ढुङ्गाम्डा गरेको उहाँको भनाई छ । जनप्रतिनिधिहरुले मनोमानी ढंगले निर्णय गरेको भन्दै आन्दोलन गर्नु परेको उनीहरुको भनाई छ ।
नगरपरिषद्ले गरेको निर्णय समेत यहाँका स्थानीयहरुले च्यातीदिएका छन् । स्थानीयले जनप्रतिनिधिहरुलाई करिब २ घण्टासम्म चर्पीमा थुनेका थिए । जुत्ता, चप्पलको माला र कालो मोसो दल्ने तयारीमा रहेका स्थानीयहरुलाई रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपमा स्थानीय सुरेश भण्डारीलाई गम्भिर चोट लागेको छ भने वडा नम्बर ५ का निर्वाचित सदस्य केशव नाथको हातमा चोट लागेको बताइएको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकसहितको टोली घटनास्थलतर्फ खटिएको छ ।
शुक्रबार बुंगल नगरपालिकाको बसेको परिषद्को निर्णय अनुसार नगरपालिकाको भवन वा नम्बर ५ को हाट भन्ने ठाँउमा बनाउने भन्ने निर्णय सार्वजनिक गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
केही स्थानीयबासीले झापामा केन्द्र सार्नु पर्ने माग गरी रहेका र केही स्थानीयले बिजगडामा नै यथावत हुनुपर्ने भन्दै आएको भए पनि शनिबार दिउँसो नगरपालिकाको नगरसभाबाट बिजगडा र झापाको बीचमा रहेको हाटकोटमा भवन सार्ने सार्वसम्मत निर्णय गरेपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।