१८ किलो चाँदीसहित जनकपुरबाट एक जना पक्राउ

 असोज १०, २०७६ शुक्रबार १६:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – १८ किलो चाँदीसहित जनकपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीकाे पीपरा गाउँपालिका–५ सहरबा बस्ने ३० वर्षका भरतकुमार साह छन् । 

उनलाई जनकपुर उपमहानगरपालिका–२२ बासविट्टीबाट शुक्रबार बिहान ९ बजे चेकको क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका व्यक्तिलाई सशस्त्र प्रहरी बेस क्याम्प मुजेलियाले सार्वजनिक गरेको छ

जनकपुरबाट ज ७ प ५७७१ नम्बरको मोटरसाइकलमा चाँदी भारततर्फ लैजाँदै गर्दा चेकको क्रममा ५ वटा प्लास्टिकको पोकामा रहेको रहेको अवस्थामा १८ किलो परिमाणको चाँदी बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको छ ।

पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया