सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई नेकपा सचिवालयकाे सुझाव

 असोज १४, २०७६ मंगलबार १२:५३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ । 

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि महरालाई सभामुख र सांसद पद दुवैबाट राजीनामा दिएर छानबिनका लागि बाटो खुला गरिदिन नेकपाकाे सचिवालय बैठकले सुझाव दिएको हो ।  

यसअघि बिहान प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सभामुख महरालाई राजीनामा सुझाव दिनुभएको थियो । 

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको छ ।  संसद सचिवालयकी एक महिला कर्मचारीले सभामुख महराले आइतबार आफ्नो कोठामै आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया