घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
कपिलवस्तु – नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी सहित जिल्लाका ३३ जना कांग्रेस नेता तथा कार्यकर्तासँग अनुशासन समितिले स्पष्टीकरण मागेको छ ।
जिल्लामा सम्पन्न तीन तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै कांग्रेस नेता तथा कार्यकर्तासँग स्पष्टीकरण माग गरिएको हो ।
अनुशासन समितिले निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय सभापति अकिल मियाँ, महासमिति सदस्यहरु ब्रम्हानन्द उपाध्याय, धनश्याम अग्रहरीसँग स्पष्टीकरण माग गरेको छ ।
त्यस्तै महाअधिवेशन प्रतिनिधिहरु दिपक शुक्ला, माधुरी श्रेष्ठ, दुधनाथ उपाध्याय र रीता मिश्रामाथि पार्टी हित विपरीत काम गरेको उजुरी परेको छ । वडा नम्बर ५ का वडाध्यक्ष दिरेप चौधरी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सह-महामन्त्री प्रकाश घिमिरे, पूर्व जिल्ला सचिव विनोद नेपाललाई पनि पार्टी हित विपरीत काम गरेको, आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा स्पष्टीकरण माग गरिएको छ ।
गएको साउन १० गते बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले यो निर्णय गरेको हो । अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदाम्बेले जिल्लाका ३३ जना नेता तथा कार्यकर्ताहरुसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको जानकारी दिनुभयो ।
यता नेपाल विद्यार्थी संघका केन्द्रीय पूर्व सह-महामन्त्री प्रकाश घिमिरेले भने स्पष्टीकरण माग गरिएको बारे आफूलाई अझै केही थाहा नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।