पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
काठमाडाैं - बलिउड कलाकार सलमान खान बोलाएर कार्यक्रम गर्ने भन्दै टिकट बिक्री गरेर सर्वसाधारणलाई ठगेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महाराजगञ्ज बस्ने ३८ वर्षीय सिमान्त गुरुङ् र टोखा बस्ने २८ वर्षीय रबिन केसी छन् ।
गुरुङ् र केसीले ODC (Our Dream Comany) मार्फत बलिउड कलाकार सलमान खान बोलाएर टुँडिखेलमा कार्यक्रम गर्ने भनेर टिकट बिक्री गरी टिकट खरीदकर्ता र प्रायोजकलाई झुक्याएको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
उनीहरुलाई ठगी महल अन्तर्गत जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।