कृष्णबहादुर महरालाई पक्रन अदालतको अनुमति, आजै पक्राउ गर्ने प्रहरीको तयारी

 असोज १९, २०७६ आइतबार १५:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बलात्कार प्रयासकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।

रोशनी शाहीले अस्ति शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै निवर्तमान सभामुख महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आज काठमाण्डौ जिल्ला अदालतका न्यायाधीस ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको अनुमतिअनुसार अब आफूहरुले महरालाई पक्राउ गर्ने महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सहकुल थापाले उज्यालोलाई जानकारी दिनुभयो । 

‘महानगरीय  प्रहरी परिसर या सम्बन्धीत वृत्तले महरालाई आजै पक्रन बाटो खुलेको छ’, थापाले भन्नुभयो । 

गएको आइतबार राति कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । उहाँले आफूलाई महराले केही नगरेको र बाबुछोरीको जस्तै सम्बन्ध रहेको बताउनुभएको थियो ।

तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कैयौँ प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो । बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया