हत्यामा संलग्न रहेको आरोपमा पाँचथरमा तीन जना पक्राउ

 असोज २४, २०७६ शुक्रबार ९:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – याङवरक गाउँपालिकामा भएका दुई वटा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा पाँचथर प्रहरीले तीन जना पक्राउ गरेको छ ।

असोज १६ गते याङवरक–२ सिलसिले भन्ने ठाउँका ३८ वर्षीय रामलाल कार्कीको टाउकोमा ढुङगा प्रहार गरी हत्या भएको थियो  । यो घटनामा संलग्न रहेको आरोपमा फरार रहेका यही गाउँपालिका–३ का २३ वर्षीय रनबहादुर सेलिङलाई प्रहरीले पक्राउ गरेको छ । सेलिङ फिदिम–१ मा लुकेर बसेको बेला शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, बुधबार याङवरक गाउँपालिका – ६ नागीमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । घर ज्वाइँ बस्दै आएका ४० वर्षीय अर्जुन मावोको छुरी प्रहार गरी बुधबार हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा याङवरक–६ कै १७ वर्षीय आइतराज योङहाङ र २० वर्षीय बुद्धिराज योङहाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारि अनिलकुमार पौडेलले वताउनुभयो । पक्राउ परेकामााथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया