सिन्धुपाल्चोकमा बस दुर्घटना, ५ जनाको ज्यान गयो, ५० भन्दा बढी घाइते

 असोज २४, २०७६ शुक्रबार ११:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते भएका छन् । अहिले उद्धारको काम भैरहेको छ । 

बिहान सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौका लागि छुटेको बा २ ख २७ १५ नम्बरको बस दुर्घटना हुँदा ४ पुरुषसहित एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेको परिचय खुलेको छैन । अहिले घाइतेलाई अस्पताल लैजाने काम भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो । बसमा कति जना थिए भन्ने थाहा हुन सकेको छैन ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया