चिनियाँ राष्ट्रपति सी काठमाण्डौमा

 असोज २५, २०७६ शनिबार १६:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालकाे दुई दिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनपिङ काठमाण्डौ आइपुग्नुभएको छ ।

उहाँ चढेको विमान केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गर्दै हुनुहुन्छ ।

चिनियाँ राष्ट्रपति विमानस्थलमा ओर्लनुअघि नै हवाई र सडकमार्ग बन्द गरिएको छ । विमानस्थलमा राष्टट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले स्वागत गरेपछि उहाँ सोल्टी होटल जानुहुनेछ । त्यसपछि राष्ट्रपति भण्डारीलाई भेट्न उहाँ शितल निवास पुग्नुहुनेछ ।

अहिले विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकको एकातिर स्वागतको लागि कर्मचारी र सर्वसाधरण लाइनमा उभिएका छन् । सडकको अर्कोतिर भने खाली गरिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया