चिनियाँ राष्ट्रपति सी जिनपिङकाे स्वदेश फिर्ती (फाेटाे फिचर)

 असोज २६, २०७६ आइतबार २१:१२:१५ | रासस

काठमाण्डाै - नेपालकाे दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता हुनुभएको छ । 

दुईदिने भ्रमण सकेर उहाँ आइतबार दिउँसाे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गर्नुभएकाे थियाे ।

बिदाइ समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे । 

साेल्टी हाेटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणकाे उल्लेख्य सहभागिता थियाे । 

राष्ट्रपति सी स्वदेश फर्कनुअघि आईतबार दुई देशबीच उच्चस्तरीय वार्ताका साथै विभिन्न २० वटा समझदारी पत्रमा हस्ताक्षर गरिएकाे थियाे । 

हेर्नुहाेस् तस्बिर:

 

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया