बुधबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 असोज २९, २०७६ बुधबार ११:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । मंगलबार यसको १ को खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा थियो ।

यस्तै आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो ।

बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबार यसको खरिददर ३१ रुपैयाँ २२ पैसा बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो । ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ १८ पैसा तोकेको छ । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा तोकेको छ । मंगलबार यसको १ को खरिददर २७ रुपैयाँ १४ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा थियो ।

आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा पुगेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७९ पैसा पुगेको छ । मंगलबार यसको १ को खरिददर ३७४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३०४ रुपैयाँ ३९ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३०१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा थियो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया