३ लाख ५० हजार नगदसहित कपिलवस्तुबाट १४ जुवाडे पक्राउ

 कात्तिक १, २०७६ शुक्रबार ११:५:५६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु नगरपालिका– २ को वगरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले बिहीबार राति छापा मारी १४ जुवाडे पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले ३ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ ।

प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा वरगदवा गाउँका स्थानीय कानु कहारको घरमा सञ्चालित जुवा खालमा छापा मारेको थियो ।

लाखौँ रुपैयाँ हार जित हुने ढंगबाट संस्थागत जुवा संचालन भइरहेको खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताउनुभयो । पक्राउ परेका १४ जनाविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया