पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी - बैतडीमा सोमबार डोजरले स्थानीयमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंंह नेगीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
घटनाको विषयमा बुझ्न छानबिन समिति बुधबार घटनास्थल (दशरथचन्द नगरपालिका-९, ग्वाल्लेक) पुगेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । समितिले घटनाको बारेमा स्थलगत अध्ययन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने उहाँले बताउनुभयो ।
सोमबार भएको घटनाको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको बताएको छ । छानबिन समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी निरीक्षक, दशरथचन्द नगरपालिकाका इन्जिनियर, पूर्वाधार विकास कार्यालयका इन्जिनियर र अनुसन्धानको १ जना गरी जम्मा पाँच सदस्य रहेका छन् ।
ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा स्थानीयहरुबीच विवाद हुँदा झडप भएको थियो । गुठी र अंशबण्डा नमिलेको भन्दै केही समय सडक खन्ने काम रोक्न स्थानीयहरुले आग्रह गरेका थिए । तर गाँउलेहरुले आग्रह गर्दा पनि निर्माण पक्षले भने जबरजस्ती सडक निर्माण गर्न खोजेकोले आक्रोशित स्थानीयले डोजरमा ढुंगामुढा प्रहार गरेका थिए ।
त्यसपछि डोजर चालक किशोर बोहोराले स्थानीयहरुमाथि नै डोजर चलाउँदा डोजर आक्रमणबाट स्थानीय गौरी जोशीलगायत केही स्थानीयहरु घाइते भएका थिए ।
घाइतेहरुमध्ये बढी चोट लागेकी गौरी जोशीको कोहलपुरमा उपचारपछि डिस्चार्ज भइसकेको र डोजर चालकविरुद्ध भने ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएर अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।