महरामाथि मुद्दा चलाउने/नचलाउने टुंगो आज लाग्ने

 कात्तिक १४, २०७६ बिहिबार ११:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने नचलाउने आज टुंगो लाग्दैछ ।

प्रहरीले ३ हप्ता लगाएर गरेको अनुसन्धानसहित पठाएको राय अध्ययन गरी मुद्दा चलाउने नचलाउने आज टुंगो लगाइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले जनाएको छ । मुद्दा दायर गर्ने नगर्ने अधिकार जिल्ला सरकारी वकिललाई छ ।

मुद्दा दायर भए आजै जिल्ला अदालत काठमाण्डौमा थुनछेक बहस सुरु हुनेछ । थुनछेकको बहस नलम्बिए आजै महरालाई धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्नेछ ।

संसद सचिवालयमा कार्यरत एक महिलालाई यौन दुर्व्यवहारको प्रयास र कुटपिट गरेको अभियोगमा महरालाई गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियाे । महरामाथि अनुसन्धान गर्न तेस्रो पटक थप गरिएको ७ दिनको म्याद आज सकिँदैछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया