काठमाण्डौ जिल्ला अदालतमा महरासँग थुनछेक बहस सुरु

 कात्तिक १७, २०७६ आइतबार ११:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद सचिवालयकी एक महिला कर्मचारीमाथि याैन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । 

काठमाण्डौ जिल्ला अदालतमा आइतबार दिउँसो ११ बजेबाट उहाँको थुनछेक बहस सुरु भएको हो । गएकाे शुक्रबार उहाँलाई न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि याैन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएकाे बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया