पाँच किलो सुन तस्करी काण्डमा थप दुई जना पक्राउ

 कात्तिक १८, २०७६ सोमबार १७:१५:३८ | नवीन गुरुङ
unn.prixa.net

सखुंवासभा – भोटखोला गाउँपालिका २ को घट्टेखोलामा गएको असोज २७ गते पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटेको बयानको आधारमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका १ का जर्का भोटे र भोटखोला गाउँपालिका घर भइ खाँदबारी बस्दै आएका छ्याङरिन्जीन भोटे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले बताउनुभयो । उहाँकाअनुसार तोप्चेनको बयानको आधारमा उनीहरु दुवै जनालाई प्रहरीले खाँदबारीबाट पक्राउ गरेको हो । 
    
विशेष सुराकीको आधारमा प्रहरीले गएको असोज २७ गते मकालु गाउँपालिका ४ घर भइ खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका तोप्चेन भोटेलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा राखिएको छ । उनको बयान लिने काम भैरहेको र बयानका आधारमा ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया