बनेपाबाट वीरगञ्ज जाँदै गरेका बालककाे अपहरण, फिराैती रकम लिएर भाग्न खाेज्दा प्रहरीकाे गाेली

 कात्तिक २०, २०७६ बुधबार १२:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – १४ वर्षीय बालकलाई अपहरण गर्ने पोखरिया नगरपालिका ६ को सोनवारीका २० वर्षीय राजकुमार दासलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार बिहान अपहरित बालकका बुवासँग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरी उनलाई पक्राउ गरेको थियो । गोली प्रहारबाट घाइते भएका उनको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

वीरगञ्ज उपमहानगरपालिका २५ सिर्सिया घर भइ काभ्रेको बनेपामा बस्दै आउनुभएका अमजद खानको छोरालाई दासले अपहरण गरेका थिए । खानका १४ वर्षीय छोरा बनेपाबाट वीरगञ्ज आउने क्रममा  गएको कात्तिक १० गते अपहरणमा पर्नुभएको थियो ।  

अपहरणकारीले ती बालकले प्रयोग गर्ने मोबाइल प्रयोग गरेर बालक अपहरण भएको सूचना दिँदै फिरौतीका लागि १२ लाख रुपैयाँ माग गरेका थिए । फिरौती रकम नदिए बालकको हत्या गर्ने धम्की पनि दिएका थिए । 

बुधबार बिहान वीरगञ्ज महानगरपालिका २५ सिर्सियाको खलवा टोलमा फिरौती रकम लिन अपहरणकारी आएका थिए । अपहरणकारीले पेस्तोल देखाइ पैसाको झोला लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिनुपरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा गोली लागेर घाइते भएको र अपहरित बालक अज्ञात ठाउँबाट सकुशल उद्धार गर्न सफल भएको उहाँले बताउनुभयो ।

प्रहरीले अपहरणकारीको साथबाट भारतीय नम्बर प्लेटको प्लाटिना मोटरसाइकल, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ४ वटा गोली र मोबाइल एक थान बरामद गरेको छ ।

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया