सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
भोजपुर – भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छिन् ।
टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा मुद्दा दर्ता भएर गएको कात्तिक ७ गते काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि ती महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) पाण्डव राजवंशीले बताउनुभयो ।
प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाएको छ ।