सबै बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बैंकर संघको प्रतिबद्धता

 कात्तिक २१, २०७६ बिहिबार १६:४०:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल बैंकर संघले बैंक र कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाएको छ ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितकोे पदाधिकारी टोलीबीच भएको छलफलमा संघले सबै बैंक र कार्यरत कर्मचारी सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिबद्धता जनाएको हो । 

मन्त्री विष्टले कोषमा सबै बैंक तथा बित्तीय क्षेत्र समयसीमा भित्रै सहभागी हुने  अपेक्षा गरेको पनि बताउनुभयो । 

सामजिक सुरक्षा योजना नौलो कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको भन्दै मन्त्री विष्टले यस्तो अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधैँ तयार भएको पनि बताउनुभयो ।

सरकारले कोषमा सूचीकृत हुन मंसिर १३ गतेसम्मको समय दिएको छ ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया