नुवाकाेटमा लागुऔषध मुद्दामा फरार रहेका वडाध्यक्ष पक्राउ

 कात्तिक २४, २०७६ आइतबार १४:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट - नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर  ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

लागुऔषध (चरेस) मुद्धामा फरार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो ।

काठमाण्डौ जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना हुने गरी फैसला गरेको थियो ।  
तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए ।

अर्का व्यक्ति होमबहादुर तामाङसमेत संलग्न रहेको लागुऔषध (चरेस) मुद्दामा यसअघि तामाङ ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया