सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
असोज १४, २०८० आइतबार
काठमाण्डाै - तीन वटा निजी मेडिकल कलेजमाथि छापा मारेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सबै मेडिकल कलेज अनुसन्धानको दायरामा रहेको बताउनु भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदन पाएका भट्टराईले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएर ठगी गरेका कलेजमाथि अनुसन्धान शुरु भएकाले सबै कलेजमा छापा मार्ने संकेत गर्नु भएको हो ।
‘अनुसन्धान अधिकृतहरुले आफ्नो काम सुरु गर्नु भएको छ’, विभागका निर्देशक भट्टराईले उज्यालोसँग भन्नुभयो, ‘सबै कलेज अनुसन्धानको दायरामा छन् ।’
सतर्कता केन्द्रले नोबेल, नेश्नल र चितवन मेडिकल कलेजसहित १२ वटा मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएर २ अर्ब ८५ करोड रुपैयाँ ठगी गरेको छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
अहिले केही मेडिकल कलेजमाथि छापा मारेको शुद्धिकरण विभागले बाँकी अरु कलेजमाथि पनि अनुसन्धान गर्ने तयारी गरेको छ ।
‘हामीले प्रतिवेदन पाएपछि गहिरो अध्ययन थालेका छौँ’, उहाँले भन्नुभयो, ‘बिस्तारै अरु कलेजमाथि पनि अनुसन्धान अगाडी बढाउँछौँ ।’
यसअघि यातायात व्यवस्था विभागमा रहेका भट्टराईले सिण्डिकेट गर्ने यातायात व्यवसायीमाथि कडा कदम चाल्नुभएको थियो । भट्टराईकै कदमबाट सरकार ले सिण्डिकेट गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको थियो ।
पछि यातायातमन्त्री रघुबीर महासेठ र भट्टराईबीच आन्तरिक विवाद भएपछि भट्टराईलाई मन्त्रालय तानिएको थियो ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।