कुवेतमा एक जना नेपाली कामदारको ज्यान गयो

 मंसिर ९, २०७६ सोमबार १७:१:२ | राजकुमार बडुवाल
unn.prixa.net

कोशराज राई /कुवेत  

वैदेशिक रोजगारीका क्रममा कुवेतमा एक जना नेपाली कामदारको ज्यान गएको छ । 

नुवाकाेटकाे मेघाङ गाउँपालिका ६ का २५ वर्षीय प्रजय तामाङ (कमान सिंह) सोमबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए ।  

उनको राहदानी नम्बर ०८३४००३२ भए पनि विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । उनका बुवा, आमा, श्रीमती र एक जना छोरा रहेको बुझिएको छ ।

अहिले प्रजयको शव अस्पतालमा रहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल पठाइने तयारी भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले बताउनु भयाे । 

डेढ वर्षअघि कुवेतको अलघानिम इन्टरनेशनल कम्पनीमा निर्माण मजदुरको रुपमा गएका प्रजय कम्पनीबाट भागेर अवैधानिक रुपमा बसोबास गरिरहेको स्रोतले बताएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया