अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

 मंसिर ११, २०७६ बुधबार १०:३३:७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०७ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको थियो।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ १७ पैसा रहेको थियो ।  

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको थियो । 

बुधबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५८  पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०४ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा रहेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया