संखुवासभाको खाँदबारी –३ मा नेकपाका घिमिरे विजयी

 मंसिर १५, २०७६ आइतबार ९:२७:६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका –३ मा भएको वडाध्यक्षको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरतकुमार घिमिरे विजयी हुनुभएको छ ।

नेकपाका घिमिरे ७ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता रहेका थिए । त्यहाँ १ हजार २ सय ७१ मत खसेको थियो । 

यसअघि पनि यहाँ तत्कालीन एमालेले जितेको थियो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया