संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

 मंसिर १५, २०७६ आइतबार १६:५१:१९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि शनिबार भएको उपचुनावमा सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेल ३ हजार १८ मत ल्याएर विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका विमान पराजुलीले २ हजार २ सय १६ मत प्राप्त गर्नुभयो । नेकपाका उम्मेदवार पोख्रेलले ८०२ फराकिलो मतान्तरले जित्नुभएको हो । 

यसैगरी संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३ सय ३२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र संयुक्तका मानबहादुर विश्वकर्मा (हलो) ले २७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका रमेश राईले २४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राई (गाई) ले २७ मत र संघीय लोकतान्त्रिक मञ्चका कविता राई (दाप सहितको खुकुरी)ले १३ मत प्राप्त गर्नुभएको छ । 

मकालु गाउँपालिकामा ९ हजार १ सय मतदाता रहेका थिए । त्यसमा ५ हजार ७ सय ७४ मत खसेको थियो । 

यसअघि पनि यहाँ तत्कालीन एमालेले नै जितेको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया