१३औँ साग : विप्लवले दिलाए कराँतेमा पाँचौँ स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १६:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कराँतेको कुमुतेतर्फ नेपालले अर्को स्वर्ण जितेको छ । 

यसमा स्वर्ण जितेसँगै १३औँ सागमा नेपालको कराँतेमा मात्रै ५ स्वर्ण पुगिसकेको छ । कराँतेको कुमुतेतर्फ ८४ केजी तौल समूहमा विप्लवला श्रेष्ठले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । 

विप्लवले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए । योसँगै नेपालले १३औँ सागमा स्वर्ण संख्या १० पुर्‍याएकाे छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया