रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत - भेरी बबई डाइभर्सन आयोजनाको बाँध र पावर हाउसको शिलान्यास गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको यस आयोजनाको दोस्रो चरणअन्तर्गतको बाँध र पावर हाउसको शिलान्यास गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका ११ स्थित चिप्लेमा बाँध र बबईमा पावर हाउस निर्माण गर्न लागिएको छ । सोमबार एक कार्यक्रमका बीच संघीय सरकारका ऊर्जा मन्त्री वर्षमान पुनले बाँध र पावर हाउसको शिलान्यास गर्नुभएको हो ।
बाँध र पावर हाउसको शिलान्यास गर्दै ऊर्जा मन्त्री पुनले राष्ट्रिय गौरवको पहिचान दिनेगरी समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । मन्त्री पुनले बिनाविवाद आयोजना सम्पन्न गर्नमा सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै कामलाई सहज गराउन स्थानीय र जनप्रतिनिधलाई अनुरोध गर्नुभयो ।
उहाँले आयोजनाको शेयर बाँडफाँड गर्दा प्रदेश सरकार, स्थानीय र नागरिकहरुलाई पनि सहभागी गराइने बताउँदै अर्को महिनादेखि वितरण गरिने जानकारी दिनुभयो । साथै उहाँले यस आयोजनाबाट हुने आम्दानीको एउटा हिस्सा कर्णालीको विकास र समृद्धिमा लगाइने पनि बताउनुभयो । उहाँले बिजुलीबाट ५० प्रतिशत रोयल्टी कर्णालीलाई दिन सकिने पनि बताउनुभयो ।
भेरी बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि ४८ मेगावट विद्युत उत्पादन गरिनुका साथै बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनलाई सिंचाइ उपलब्ध गराउने आयोजनाले लक्ष्य लिएको छ ।
यसका लागि चिप्लेमा १३ मिटर अग्लो बाँध बनाइने र बबईमा पावर हाउस निर्माण गरिनेछ । बाँध र पावरहाउस निर्माणका लागि ग्वाङडङ र रमन कन्स्ट्रक्सनले ६ अर्ब १६ करोड ५२ लाखमा सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।
आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ । चिप्लेदेखि बबईसम्म १२ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएपछि बाँध र पावर हाउस निर्माण कार्य सुरु गरिएको हो ।
आयोजनाका प्रमुख सञ्जिव बरालले आर्थिक वर्ष २०७९/८० मा आयोजनाको सबै काम सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।