सावित्रा बनिन् महिला फुटबलमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी

 मंसिर १९, २०७६ बिहिबार १५:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन् । 

माल्दिभ्सविरुद्धको खेलमा एक गोल गरेपछि उनले यसअघिकी कप्तान अनु लामाको गोलको कीर्तिमान तोडेकी हुन् । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सावित्राले पहिलो हाफमा गोल गर्दै नेपाली महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । 

उनले नेपालका लागि गोल संख्या ३६ पुर्‍याएकी छिन् । सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

अब सावित्राको रेकर्ड तोड्न कठिन हुने देखिएको छ । दक्षिण एसियाकी गोल मेसिन मानिने सावित्राको गोलमा नै नेपालले माल्दिभ्सविरुद्ध अग्रता बनाएको थियो ।

सावित्राले गरेका गोलहरु

१. साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल
२. साग २०१६ : २ गोल
३. साफ च्याम्पियनसिप २०१६ : १२ गोल
४. ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल
५. हिरो गोल्डकप २०१९ : ४ गोल
६. साफ च्याम्पियनसिप २०१९ : ४ गोल
७. ओलम्पिक छनोट, दोस्राे चरण : २ गोल
८. नादेज्दा कप २०१९ : ७ गोल
९. मैत्रीपूर्ण खेल : २ गोल
१०. साग २०१९ : १ गोल (जारी)

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया