एनपीएलमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई हरायो
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपालका लागि अलराउण्डर करण केसीले ४० रनको अविजित आक्रामक पारी खेले । उनले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९/१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।
नेपालले सुरुवात भने राम्रो हुन सकेन । १५ रनमा पहिलो विकेट गुमाएको नेपालले ४२ रनमा दोस्रो तथा ४८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि अरु २७ रन स्कोरबोर्डमा जोड्दा नेपालले थप दुई विकेट खेर फाल्यो ।
७५ रनमा पाँच विकेट गुमाएको नेपालले एक सय ३० रन बनाउँदा सात विकेट गुमाएको थियो ।
१ सय ६४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ७९ रनमा सीमित भयो । माल्दिभ्सका ४ जना खेलाडीले दोहोरो अंक जोडे । जसमा मोहमेद अजामले सर्वाधिक १६ रन बनाए भने मोहमेद रिसवानले १३ रन बनाए ।
नेपालका लागि सुसन भारी र ललित राजवंशीले समान २/२ विकेट लिए । त्यस्तै पवन सर्राफले १ विकेट हात पारे ।
यो जितसँगै नेपालको तीन खेलमा ४ अंक भएको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । सो खेलले नेपालका लागि स्वर्णका लागि खेल्ने नखेल्ने भन्ने तय गराउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।