दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत सुरु, दैनिक ७ घण्टा आवागमन बन्द

 मंसिर २१, २०७६ शनिबार ८:२३:११ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकोे दोधारा चाँदनी झोलुङ्गे पुल मर्मत कार्य शनबिारदेखि सुरु गरिएको छ ।

ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेपछि जीर्ण बन्दै गएको पुलको शनिबारदेखि मर्मत कार्य सुरु गरिएको हो । पुलको मर्मत सुरु भएसँगै दैनिक ७ घण्टाका लागि आवागमन बन्द बन्द गरिएको छ ।

मर्मत कार्यमा सजिलो होस् भनेर बिहान, दिउँसो र राति गरी दैनिक ७ घण्टा आवागमन बन्द गरिएको माहााकाली नगरपालिका ६ का वडा अध्यक्ष दिलबहादुर सिंजालीले बताउनुभयो । उहाँले पुलको मर्मतका लागि दैनिक बिहान ७:१५ देखि ९:१५ बजेसम्म, दिउँसो ११ देखि २ बजे तथा राति ८ देखि १० बजेसम्म पुलमा आवागमन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

सुदूर पश्चिमको पर्यटकीय स्थलका रुपमा हेरिएको झोलुङ्गे पुलको मर्मतका लागि प्रदेश सरकारले गत वर्ष ५० लाख र चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

डडेलधुराको खाम्पाचे/देवभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी ५ जेभीसँग १ करोड १० लाखमा पुल मर्मतका लागि सम्झौता भएको माहाकाली नगरपालिकाले जनाएको छ ।

२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ ।

पुलमा ५० किलो तौलसम्मका सामाग्री मात्रै बोक्न पाइने नियम बनाइए पनि मापदण्डविपरीत सामानहरु बोक्ने गरेका पुल जीर्ण बन्दै गएको हो । शनिबारदेखि सुरु गरिएको मर्मत कार्य पुस ५ गतेसम्म चल्ने छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया