सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न पर्सा प्रहरीको ...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – आउँदो वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर शाहले सहभागिता जनाउने भएका छन् ।
पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार टोक्याे ओलम्पिकमा नेपालबाट २ जना खेलाडी सहभागिता जनाउन पाउने भएकाले गौरिका र शाहले खेल्ने बताउनुभयो ।
गएको जुलाईमा दक्षिण कोरियामा भएको १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
फिना च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपालबाट टोक्याे ओलम्पिकमा गौरिका र एलेक्जेन्डरले खेल्ने भएका हुन् ।
फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ०० दशमलव ६२ सेकेण्डको समय निकालेकी थिइन् । त्यस्तै २ सय मिटरको फ्रिस्टाइलमा २ मिनेट १३ दशमलव ०० सेकेण्डन्डको समय निकालेकी थिइन् ।
एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा ५६ दशमलव २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।