१३औँ साग : बक्सिङमा भूपेन्द्रलाई स्वर्ण, नेपालकाे स्वर्ण ४७ पुग्याे

 मंसिर २३, २०७६ सोमबार १६:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ साग अन्तर्गत बक्सिङमा नेपालले अर्को स्वर्ण जितेको छ । पुरुषतर्फ नेपालका भूपेन्द्र थापाले ६४ केजी लाइटवेटमा स्वर्ण जिते ।

उनले फाइनलमा भारतका मनिष कौशिकलाई अंकका आधारमा हराए । भूपेन्द्रले सन् उनले २०१८ मा भएको कमनवेल्थ गेम्समा रजत पदक विजेता खेलाडीलाई पराजित गरेका हुन् ।

योसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । यो सागमा नेपालको स्वर्ण संख्या ५० पुग्ने सम्भावना कायमै छ । 

यसअघि ५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितिन् । उनले भारतीय खेलाडी शिखालाई अंकका आधारमा हराइन् ।

यस्तै ललिता महर्जनले रजत जितेकी छिन् । महिला ४८ केजीको लाइट फ्लाइ विधामा ललिता फाइनलमा कलाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित भइन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया