सिराहामा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे
असोज १४, २०८० आइतबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलमा भुटानले बराबरी गाेल फर्काएकाे छ ।
भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका हुन् ।
यसअघि भुटानविरुद्ध नेपालका लागि १७औँ मिनेटमा अभिषेक रिजालले गाेल गरेका हुन् । उनले जारी सागमा याेसँगै ३ गाेल गरेका छन् । उनले यसअघि माल्दिभ्स र भुटानविरुद्ध एक-एक गोल गरेका थिए ।
नवाैँ मिनेटमा मिक्चेन तामाङले पोष्टभित्र पाएको मौकामा भने चुक्न पुगेका थिए । नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।