स्वच्छ भर्ना प्रक्रियामार्फत नेपाली श्रमिक लैजान मलेसिया तयार, रोजगारदाता असन्तुष्ट

 मंसिर २७, २०७६ शुक्रबार १३:४६:४ | उज्यालो सहकर्मी

काठमाण्डौ– मलेसियाको मानव शंसाधन मन्त्रालयले नेपाली श्रमिक मलेसिया लैजान स्वच्छ भर्ना प्रक्रिया अपनाउने जनाएको छ ।

गएको वर्षको कात्तिकमा नेपाल र मलेसियाबीच भएको समझदारी अनुसार नै नेपाली श्रमिकलाई स्वच्छ भर्ना प्रक्रियामार्फत लैजान मलेसिया सकारात्मक देखिएको हो। समझदारीपछि नेपाली श्रमिक भर्नाका लागि ६ हजार ३ सयदेखि ७ हजार ९ सय रुपैयाँसम्म लाग्ने मन्त्रालयको अनुमान छ ।

श्रमिकको क्षतिपूर्ति सम्बन्धी व्यवस्था सोक्समार्फत पाइने हुँदा विदेशी श्रमिक यो स्किममा दर्ता हुनुपर्ने मन्त्रालयले जनाएको छ । तर मलेसियाली रोजगारदाताले भने सरकाले कामदार भर्तिको शुल्क घटाउन सहयोग गर्नुपर्ने माग राखेका छन् ।

त्यसका लागि नेपाल बाहेक अरु देशबाट पनि श्रमिक भर्तिका लागि खुल्ला गर्नुपर्ने र स्वच्छ भर्नाको सुधारका लागि सहयोग गर्ने उनीहरुको माग छ । रोजगारदाताले भनेका छन्, ‘अन्र्तराष्ट्रिय श्रम संगठनको स्वच्छ भर्नाको मापदण्डले श्रमिकको अधिकारलाई सुनिश्चित गर्छ तर मलेसिया त्यसरी अहिलेसम्म विकसित भइसकेको छैन। त्यसले यसले हामीलाई आर्थिक भार थपेको छ ।

मलेसियाले अहिले बंगलादेश, इण्डोनेसिया र भियतनामसँग पनि नयाँ श्रम समझदारीको तयारी गरिरहेको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरानले भने पहिलो चरणमा नेपालसँग भएको श्रम समझदारी मानव बेचबिखन र आप्रवासी श्रमिक माथिको दुर्व्यहारलाई सम्बोधन गर्नका लागि गरेको बताउनुभएको छ ।

नयाँ समझदारी अनुसार लागत खर्च रोजगारदाताले नै व्यहोर्नुपर्छ । समझदारी अघिसम्म श्रमिकले नै यो खर्च व्यर्होनु पथ्र्यों ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया