साेमबार कतारी रियाल, कोरियन वन र कुवती दिनारको भाउ घट्यो, बहराइन दिनारको बढ्यो

 मंसिर ३०, २०७६ सोमबार ११:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार  कतारी रियाल, कोरियन वन र कुवती दिनारको भाउ घटेको छ भने बहराइन दिनारको भाउ बढेको छ । यस्तै अमेरिकी डलर लगायत केही विदेशी मुद्राको भाउमा कुनै परिवर्तन आएको छैन ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४ पैसा तोकेको छ । आइतबार यसको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो । यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो यसको खरिदर २९४ रुपैयाँ ०६ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकेको छ । आइतबार यसको एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा नै छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकेको छ । आइतबार यसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो यसको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर २९९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३० पैसा थियो ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया