चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस् !

 पुस २, २०७६ बुधबार १३:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् । चिसोका कारण बढी मात्रामा बुढाबुढी, बालबालिका तथा दीर्घरोगी प्रभावित हुने गरेका छन् ।

चिसोमा अरु बेलाभन्दा ब्याक्टेरियाको संक्रमण पनि धेरै हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।

जाडोको समयमा घाम राम्रोसँग नलाग्ने भएकाले कोठा अँध्यारो हुने र मनोवैज्ञानिक समस्या समेत  देखापर्न सक्ने उहाँको भनाइ छ ।  चिसोबाट बच्नका लागि केही समय घाममा बस्ने, तातो, झोलिलो खानेकुरा खाने, व्यायाम गर्ने,  शरीरलाई ऊर्जा दिने खानेकुरा खाने, बाक्लो कपडा लगाउने र शरीरलाई सधैं न्यानो राख्न उहाँले आग्रह गर्नुभएको छ ।

तर कोठा न्यानो बनाउने भनेर कोइला, हिटर लगायतका वस्तु बालेर नसुत्न र पूर्ण रुपमा झ्याल ढोका नलगाउन पनि उहाँले सुझाव दिनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८०

तपाईको प्रतिक्रिया