पाेखरा प्रिमियर लिग : ज्ञानेन्द्रकाे शतकसँगै काठमाण्डाैकाे पहिलाे जित, धनगढी १०६ रनलेे पराजित

 पुस २, २०७६ बुधबार १३:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाण्डाै गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ ।

कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो ।

विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ रन बनाउँदा सन्दीप सुनार आउट भएका थिए । दोस्रो विकेटको रुपमा श्रीमन्था वाजिरत्ने आउट भएका थिए । १५ रन बनाएर वाजिरत्ने आउट हुँदा धनगढीको स्कोरबोर्डमा २७ रन रहेको थियो ।

तेस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १० रन बनाएर पेभेलियन फर्किए । सौरभ खनालले ९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए ।

सन्दीप जोराले ७ रन बनाउँदा अमित यादवले ३ तथा कमल सिंह ऐरी ७ रन बनाएर आउट भए । ६० रन हुँदा ८ विकेट गुमाएको धनगढीका लागि विक्रम ठगुन्ना र सागर ढकालले इनिङ अघि बढाउने प्रयास गरे पनि सफल भने हुन सकेनन् । ठगुन्ना नवौँ विकेटको रुपमा ९ रन बनाएर आउट भए । ढकालले ६ रन बनाए । 

बलिङतर्फ बसन्त रेग्मीले तीन तथा पवन सर्राफ र सुवोध भाटीले २–२ विकेट लिए । यसैगरी अमृत भट्टराई र सुशन भारीले एक-एक विकेट लिए ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौ गोल्डेन्स वारिसर्यले निर्धारित १७ ओभरको खेलमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
पोखरा मैदानमा हुस्सु लागेपछि १७ ओभरमा झारिएको खेलमा टस हारेर काठमाण्डाैले पहिला ब्याटिङ गरेको थियो ।

सुरुआत भने राम्रो गर्न नसकेको काठमाण्डौका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारी खेलेका थिए । उनले ३८ बल खेल्दै १०० रनको शतकीय पारी खेले ।
घरेलु क्रिकेटमा सतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए । यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् ।

गौरब तोमारलाई शून्य रनमा गुमाएको काठमाण्डौको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए । यी दुईबीच ५१ रनको साझेदारी भएको थियो ।  अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पूरा गरे ।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले ९ छक्का र ८ चौका प्रहार गर्दै शतक बनाएका हुन् । शतक प्रहार गरेलगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए ।

यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६ रन बनाएर पेभेलिनय फर्किएका थिए । उनले ४६ रन बनाए । पाँचौँ विकेटको रुपमा सुवोध भाटी खाता नै खोल्न नसकी आउट भए।

धनगढीका कमलसिंंह ऐरीले चार तथा सागर ढकालले एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया