खाना खेर जान नदिन साउदी अरबमा यस्तो थाल !

 पुस ६, २०७६ आइतबार १९:३६:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – साउदी अरबमा बर्सेनि प्रत्येक घरबाट झण्डै २ सय ५० किलो खाना खेर जान्छ । यही खाना खेर जाने क्रमलाई रोक्न एउटा विशेष प्रकारको थालको डिजाइन गरिएको छ । 

नयाँ डिजाइन गरिएको थालमा धेरै खाना देखिन्छ । थालीको बीचमा धेरै गहिराइ नभएको हुँदा थोरै खाना पस्किए पनि धेरै देखिन्छ । यसरी खाना फाल्नबाट जोगाउन सकिन्छ । 

यसलाई तयार गर्ने उद्यमी मशाल अल्काहरशीले नयाँ थालको मद्दतले ३० प्रतिशतसम्म खाना खेर जान रोकिएको दावी गरेका छन् । 

साउदी अरबमा खाना पस्किने तरिका थोरै भिन्नै छ । थालमा धेरै खान पस्किने गरिएको छ । उद्यमी अल्काहरशीले तयार गरेको थाल साउदी अरबको धेरै रेस्टुरेण्टमा प्रयोग गरिसकिएको छ । यो थालको मद्दतले वर्षमा झण्डै ३ हजार टन चामल खेर जानबाट जोगाउन सक्ने दावी गरिएको छ । 

खाना खेर जाने कारण : कम मूल्यमा नै खाना पाइन्छ

गएको वर्ष रियादको किंग सउद विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार यहाँ सरकारी आर्थिक सहायताका कारण खाना कम मूल्यमा नै सरल तरिकाबाट पाइन्छ, जसलाई स्थानीयले गम्भीरतापूर्वक लिँदैनन् र खाना खेर जाने गर्दछ । 

साउदी अरबमा खानालाई पोषक तत्व नभइ सांस्कृतिक पहिचानको रुपमा लिइन्छ । मानिसहरु धेरै खाने बानी र बढ्दो शारीरिक तौललाई मध्यनजर गर्छन् । 

४० प्रतिशत मोटोपनाबाट ग्रसित

स्थानीय सञ्चारमाध्यमका अनुसार साउदी अरबमा ४० प्रतिशत जनसंख्या मोटोपनाको समस्याबाट ग्रसित छन् । साउदी अरबमा तेलको मूल्यमा वृद्धि हुँदा मानिसमा तीन वटा शोख थियो– सपिङ, खानामा रमाउने र प्रार्थना गर्ने । यद्यपि यसमा समयसँगै परिवर्तन आएको छ । 

खाना खेर जानबाट जोगाउन सरकारसँग माग

साउदी अरबको फूड बैंक र अन्य संस्था मिलेर होटल, विवाहको आयोजन स्थलमा बढी भएको खाना जम्मा गरेर आवश्यक ठाउँमा पुर्याउने गर्दछन् । यी संस्थाले खाना खेर फाल्नेलाई दण्डित गर्न पनि सरकारसँग माग गरिरहेका छन् । 

जल एवं कृषि मन्त्रालयका अनुसार साउदी अरबमा प्रत्येक वर्ष हरेक घरबाट २ सय ५० किलो खाना खेर जान्छ ।    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया