बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै - देशमा मूल्यवृद्धि विस्तारै कम हुँदै गएको छ । नेपाल राष्ट्रबैंकका अनुसार असोजसम्म ६ दशमलव ४४ प्रतिशत मूल्यवृद्धि रहेकोमा कार्तिकमा घटेर ६ दशमलव २७ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्रबैंकले प्रकासन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार काठमाण्डौ उपत्यकामा ६ दशमलव ५० प्रतिशत, तराइमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यवृद्धि रहेको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि ५.७६ प्रतिशत छ । चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ ।
निर्यात बढ्दो, आयात घट्दो
राष्ट्रबैंकको रिपोर्ट अनुसार चालु आर्थिक वर्षका ४ महिनामा आयातको दर घटेको छ भने निर्यातको दर बढिरहेको छ । चार महिनामा वस्तु निर्यात २३.९ प्रतिशतले बढेर ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ४ महिनामा निर्यात जम्मा ११ प्रतिशतले वृद्धि भएको थियो ।
पाम तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैँचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
यस्तै यस आर्थिक वर्षको चार महिनामा वस्तु आयात ६ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोडमा सीमित भएको छ । गएको वर्षको सुरुको ४ महिनामा वस्तु आयात ३५ दशमलव ८ प्रतिशतले बढेको थियो ।
सेवा आय बढ्दो, व्यय घट्दो
४ महिनामा खुद सेवा आय २ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको ४ महिनामा अवधिमा खुद सेवा आय १३ अर्ब १६ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ४ महिनामा ११.३ प्रतिशतले बढेर २७ अर्ब ८९ करोड पुगेको छ ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६.१ प्रतिशतले घटेर २५ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ । यसमध्ये शिक्षातर्फको खर्च १२ अर्ब १७ करोड रहेको छ । अघिल्लो वर्षको त्यसै अवधिमा भ्रमण व्यय ३४ अर्ब ९१ करोड र त्यसमध्ये शिक्षातर्फको खर्च.१९ अर्ब ३१ करोेड रुपैयाँ रहेको थियो ।
शोधानान्तर घाटा सुध्रँदै, वैदेशिक लगानी बढ्दै
४ महिनामा चालु खाता घाटा ३७ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ४ महिनामा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा अहिलेको ४ महिनामा ३२ करोड ८८ लाख रहेको छ ।
यस्तै वैदेशिक लगानी पनि बढेको छ । प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सुरुको ४ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब २४ करोड रहेको थियो ।
यस्तै ४ महिनामा शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपैयाँले बचतमा रहेको छ । गएकाे वर्ष सुरुको ४ महिनामा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा अहिले २४ करोड ८ लाखले बचतमा रहेको छ ।
यस्तै २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ६.२ प्रतिशतले बढेर कात्तिक मसान्तमा ११ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ २०७६ कात्तिक मसान्तमा ९ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ कात्तिक मसान्तमा १ खर्ब ४४ अर्ब ९५ करोड पुगेको छ ।