तराईका जिल्लामा शीतलहर, मौसम पूर्वानुमान महाशाखाले निकाल्यो विशेष बुलेटिन

 पुस २, २०७६ बुधबार १६:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शीतलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । मौसमविद् विभूति  पोखरेलका अनुसार शीतलहरका कारण पश्चिम तराईका बढी प्रभावित बनेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायत ठाउँमा शीतलहर बढेको छ ।

यस्तै मध्य तराई र पूर्वी तराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही धुनुषा, महोत्तरी, सप्तरी, सिराह, मोरङ, झापालगायतका केही ठाउँमा पनि शीतलहर देखिएको छ ।

यी जिल्लाका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरोसँगै पानीका थोपा नै झर्न थालेकाले शीतलहरको घोषणा गरेको मौसमविद् पोखरेलले बताउनुभयो । उहाँका अनुसार एक दुई दिन यी क्षेत्रमा चिसो अझै बढ्ने सम्भावना छ ।

अबको २४ घण्टा पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र तापक्रम घट्ने भएकाले चिसो बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर सचेत पनि गराएको छ । घाम नलाग्ने र चिसाे बढ्ने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेकाे छ ।

तराईसँगै पहाडी र हिमाली जिल्लामा पनि चिसो बढेको छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८०

1 Comments

  • बिष्णु प्रसाद खनाल

    Dec. 25, 2019, 12:26 p.m.

    जाडोको राहत सामग्री वितरण गर्न सरकारलाई आह्वान गर्दछु

  •  0 Reply

तपाईको प्रतिक्रिया