बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै - ए डिभिजन लिग अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लब विजयी भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई दुई-शून्यले हरायो । सुरुवातमा नै आक्रामक देखिएको मनाङले खेलको २८ औंँ मिनेटमा मनाङले अग्रता बनायो । उसका लागि बिमल रानाले हेड मार्फत उत्कृष्ट गोल गरे ।
त्यसपछि खेलको ३५ औंँ मिनेटमा उनकै गोलमा मनाङले अन्तर दुई-शून्यमा पुर्यायो । एपीएफको डिफेन्समा तालमेल नमिल्दा विमलले डिबक्स भित्रबाट उत्कृष्ट फिनिस गरे ।
पहिलो हाफमा दुई गोलले अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि दबाबमुखी खेल खेलेको थियो । तर पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको एपीएफले मनाङको प्रहारलाई रोक्न सफल भयो । तर उसले आफूले भने खेलमा फर्कने प्रयासमा असफल बन्यो । यो जितपछि मनाङले तीन अंक बनाएको छ ।