मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भय‍ो : गोकर्ण विष्ट

 पुस २, २०७६ बुधबार १८:२३:५५ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गर्नुभएको छ ।

बुधबार पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले आफूलाई अयोग्यजस्तो व्यवहार गरिएको गुुुुनासो गर्नुुुभयो । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि राजीनामा मागेको भए दिन तयार रहेको भए पनि थाहै नदिइ हटाउँदा आत्मसम्मानमा चोट पुगेको उहाँको भनाइ थियोे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम मन्त्रीबाट विष्टलाई हटाएर रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिनुभएको थियोे । मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया