अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – विश्वको सबैभन्दा सफल र महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२० को संस्करणका लागि आज खेलाडीहरुको किनबेच हुँदैछ ।
कोलकातामा हुन लागेको खेलाडी किनबेच (लिलामी) मा आठ वटा टिमले ७३ जना खेलाडीलाई खरिद गर्दा २०७ दशमलव ६५ करोड भारु खर्च गर्न सक्नेछन् ।
गएको संस्करणको प्रदर्शनका आधारमा ८ टिमले ३५ विदेशीसहित १ सय २७ जना खेलाडीलाई रिटेन गरेका थिए । यसका आधारमा २९ विदेशी खेलाडीसहित ७३ खेलाडीको लिलामी हुने छ ।
चेन्नई सुपर किंग्ससँग १४ दशमलव ६० करोड भारु छ, उसले दुई जना विदेशी खेलाडीसहित पाँच जना खेलाडी किन्नेछ ।
दिल्ली क्यापिटल्ससँग २७ दशमलव ८५ करोड भारु छ, उसले ५ जना विदेशी खेलाडीसहित ११ जना खेलाडी किन्नेछ ।
किंग्स एलाभेन पञ्जाबसँग सबैभन्दा धेरै ४२ दशमलव ७० करोड भारु छ, उसले चार जना विदेशी खेलाडीसँगै नौ जना खेलाडी किन्नेछ ।
कोलकाता नाइट राइडर्ससँग ३५ दशमलव ६५ करोड भारु छ, उसले चार जना विदेशी खेलाडीसहित ११ जना खेलाडी किन्नेछ ।
मुम्बई इण्डियन्ससँग सबैभन्दा कम १३ दशमलव ०५ करोड भारु छ, उसले दुई जना विदेशी खेलाडीसहित सात जना खेलाडी किन्नेछ ।
राजस्थान रोयल्ससँग २८ दशमलव ९० करोड भारु छ, उसले चार जना विदेशी खेलाडीसहित ११ जना खेलाडी खरिद गर्नेछ ।
रोयल च्यालेन्जर्ससँग २७ दशमलव ९० करोड भारु छ, यसले ६ जना विदेशी खेलाडीसहित १२ जना खेलाडी खरिद गर्नेछ ।
सनराइज हैदराबादसँग १७ करोड भारु छ, उसले दुई जना विदेशी खेलाडीसहित सात जना खेलाडी खरिद गर्नेछ ।